Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

काठमाडौँ, २९ असोजः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५ दशमलव ८२ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  एक दशमलव ०१ अङ्कले बढेर ४७५ दशमलव ९८ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ४१ अङ्कले बढेर १८२ दशमलव ०५ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले बढेर १६१  दशमलव ०३ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर रु  चार अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मूल्यमा खरिद बिक्री भएको छ ।  १३ उपसमूहमध्ये चार उपसमूह घट्यो भने नौ उपसमूह बढेको छ । 

    आज १७१ कम्पनीको शेयर बढ्यो भने ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी १५ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज बेनी हाइड्रोपावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, लक्ष्मी उन्नति कोषलगायतका लगानीकर्ताले कमाएका छन् । 

त्यसैगरी एसबिएल डिबेञ्चर, लक्ष्मी भ्यालू फण्ड र माथिल्लो मैलुङ खोला जलविद्युत्लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan