Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भेनेजुएलामा सङ्क्रमणबारे तेस्रो चरणको वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस-एएफपी)

वासिङ्टन, २९ असोज : भेनेजुएलामा लोकतान्त्रिक सङ्क्रमणका लागि अन्तरिम सरकार र विपक्षी प्रतिनिधिहरूबीच बुधबार तेस्रो चरणको वार्ता सुरु भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

अमेरिकाको पहलमा गत अगस्टदेखि सुरु भएको वार्तामा राजनीतिक प्रक्रिया, निर्वाचन र विभिन्न दलको सहभागिताबारे छलफल हुने उहाँले बताउनुभयो । मदुरो सरकार सत्ताच्युत भएपछि अमेरिकाले लोकतान्त्रिक निर्वाचनका लागि दबाब दिँदै आएको छ ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले दिनोरा फिगुराको नेतृत्वमा रहेको विपक्षी समूहसँग वार्ता गरिरहनुभएको छ । सन् २०१५ को राष्ट्रिय सभामा बहुमत प्राप्त राजनीतिक समूहको नेतृत्व गर्नुभएकी फिगुराको प्रतिनिधिमण्डलमा निर्वासनमा रहनुभएकी विपक्षी नेता मारिया कोरिना मचाडो भने सहभागी हुनुहुन्न ।

अमेरिकी अधिकारीका अनुसार अघिल्ला दुई चरणमा स्वतन्त्र सर्वोच्च अदालत, वेबसाइटमा पहुँच र दमनकारी कानून सुधारका विषयमा ठोस प्रगति भएको छ । तेस्रो चरणमा निर्वाचन र लोकतान्त्रिक सङ्क्रमणका लागि आवश्यक संस्था तथा संरचना निर्माणमा जोड दिइनेछ । वार्ता आगामी हप्ताको अन्त्यसम्म चल्ने अपेक्षा गरिएको छ ।

जनवरीमा अमेरिकी सेनाले काराकासमा छापा मार्दा पूर्वराष्ट्रपति निकोलस मदुरो र उहाँकी श्रीमतीलाई नियन्त्रणमा लिएर मुद्दाको सामना गर्न न्युयोर्क लगिएको थियो । मदुरोका दुई पुनःनिर्वाचनका नतिजालाई व्यापक रूपमा धाँधलीपूर्ण ठहर गरिएको थियो ।

सत्तामा आएपछि रोड्रिगेजले सयौँ राजनीतिक बन्दीलाई रिहा गर्नुभएको, यातनाको आरोप लाग्दै आएको एल हेलिकोइड हिरासत केन्द्र बन्द गर्नुभएको तथा न्यायपालिका सुधार र केही समाचार वेबसाइटमाथिको प्रतिबन्ध हटाउने योजना अघि सार्नुभएको छ । यद्यपि, अधिकार समूहहरूका अनुसार अझै पनि सयौँ राजनीतिक बन्दी जेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan