आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
कास्की, २८ असोज : पोखरा महानगरपालिका-३ नदीपुरस्थित सोही ठाउँ बस्ने बर्दिया घर भएका ५५ वर्षीय लहरी चौधरीले संचालन गरेको गुरूङसेती फ्रेस हाउसमा बुधबार बिहान आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

