Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानमा बन्धक उद्धारका क्रममा पाँच जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार | (रासस/सिन्ह्वा)

तेहरान, २८ असोज : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) ले दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बन्धक बनाउने समूहका पाँच सदस्यलाई कारबाहीका क्रममा मारेको जनाएको छ ।

उक्त कारबाहीमा आइआरजीसीका एक सदस्यको पनि मृत्यु भएको छ भने अपहरणमा परेका एक इन्जिनियरलाई सकुशल उद्धार गरिएको छ ।

आइआरजीसीले आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत मङ्गलबार जारी गरेको विज्ञप्तिमा झाहेदान काउन्टीको कुरिन जिल्लामा कारबाही गरिएको उल्लेख गरेको छ ।

विज्ञप्तिअनुसार उक्त समूहले सोमबार आतङ्कवादी समूहहरूसँग मिलेर झाहेदानको पश्चिमी क्षेत्रमा विकास परियोजनामा काम गरिरहेका एक इन्जिनियरलाई अपहरण गरेको थियो ।

अपहरणकारीले बन्धकलाई छिमेकी देशमा लैजाने प्रयास गरिरहेका बेला सुरक्षा बलले कारबाही गरी उनलाई उद्धार गरेको आइआरजीसीले जनाएको छ ।

पाकिस्तान र अफगानिस्तानको सीमामा रहेको सिस्तान र बलुचिस्तान प्रान्तमा इरानी सुरक्षा बल, सशस्त्र समूह र लागुऔषध तस्करबीच पटकपटक झडप हुँदै आएको छ ।

यसैबीच, अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार अक्टोबर ९ मा उक्त प्रान्तमा सडककिनारमा भएको बम विस्फोटमा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

त्यसको एक दिनअघि भएको सशस्त्र आक्रमणमा दुई इरानी सुरक्षाकर्मी मारिएका तथा अन्य तीन जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan