जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
काठमाडौं, २७ असोज : पर्सा, वीरगंज महानगरपालिका-११ रानीघाटबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ रानीघाट बस्ने ३७ वर्षीय लखन साह कानु समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-७ सोनबर्षाबाट जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमार समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

