Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार | (रासस-एएफपी)

नयाँदिल्ली, २७ असोज : भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् ।

उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् ।

जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य स्थानमा भेला हुन थालेका छन् । सप्ताहन्तमा हजारौँलाई पक्राउ गरिए पनि उनीहरूले प्रदर्शन जारी राखेका छन् । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् । आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ ।

छत्तिस वर्षीय सामग्री निर्माता मेघनाद एसले पक्राउ परेकालाई सहयोग गर्न करिब १७० स्वयंसेवकको सञ्जाल बनाउनुभएको छ । उहाँहरूको समूहले प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गरी पक्राउ परेकाहरूलाई कहाँ लगिएको छ भन्ने जानकारी सङ्कलन गर्छ ।

त्यसपछि ह्वाट्सएप समूह र डिजिटल माध्यमबाट स्वयंसेवक चालक परिचालन गरी खाना, पानी, इन्धन तथा आवश्यक परे चिकित्सकीय सहायता उपलब्ध गराइन्छ ।

विद्यार्थी नेतृ नेहा बोहराजस्तै देखिने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उहाँ चर्चामा आउनुभएको छ । २९ वर्षीया बोहरा भने प्रहरीको घेराबाट उम्केर मध्य दिल्ली पुग्न सफल हुनुभएको थियो ।

पछि उहाँले आफ्नो जस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोग मात्र भएको, रणनीति नभएको भन्दै व्यङ्ग्य गर्नुभएको थियो ।

केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा परेपछि बसको चालक बस्ने ठाउँ वा पछाडिको झ्यालबाट उम्कने प्रयास गरेका थिए । पहिचान लुकाउन कतिपयले ब्याटम्यानका मुखुन्डोसमेत लगाएका छन् ।

बलिउड अभिनेत्री रिचा चढ्ढाले पनि प्रदर्शनकारीको सहमतिबिना तस्बिर खिचिने गरेको उल्लेख गर्दै अनुहार पहिचान गर्ने क्यामेराबाट बच्न मेकअप प्रयोग गर्न सुझाव दिनुभएको थियो ।

प्रहरीको कडा निगरानी र धरपकडबीच भारतीय युवा प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको सहायताले आन्दोलनलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan