Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बूढीगण्डकी बाढीः आरुघाटमा बेलिब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

काठमाडौँ, २५ असोजः बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो स्थानमा ‘बेलिब्रिज’ जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ ।
 
    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक इन्जिनियरिङ टोली उक्त कामका लागि खटिइएको हो ।
 
    बाढीबाट प्रभावितको उद्धारका लागि आज दिनभर सेनाका एमआई–१७ सहित चार वटा हेलिकप्टर परिचालित भएका थिए । हेलिकप्टर र स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म जम्मा ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको निर्देशनालयले जनाएको छ ।
 
    सैनिक टोलीले गोरखाको जगतबाट १७, यारुबाट दुई, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरेको हो ।
 
    उद्धार गरिएकामध्येबाट नौ विदेशीसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको छ । प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan