Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुढीगण्डकीमा आकस्मिक बाढी, नेपाली सेनाद्वारा ६ जनाको हवाई उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीमा अवरोध खुलेपछि आएको आकस्मिक बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ।

आइतबार बिहान करिब ४ः३० बजे लेदो तथा गेग्रानसहित आएको बाढीले आसपासका क्षेत्रमा जोखिम बढाएपछि नेपाली सेना उद्धार तथा खोजी कार्यमा परिचालन भएको छ। प्रारम्भिक जानकारीअनुसार, फिलिम क्षेत्रमा पहिरो खसेर बुढीगण्डकी नदीको बहाव अवरुद्ध भएको थियो।

पछि उक्त अवरोध खुलेसँगै लेदो र गेग्रानसहित एक्कासि ठूलो मात्रामा पानी बग्दा नदी तटीय क्षेत्रमा क्षति पुगेको हो। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।

घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। सेनाको टोलीले प्रभावित क्षेत्रको रेकी तथा स्थलगत अवलोकन गरी जोखिमको अवस्था आकलन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan