बूढीगण्डकी नदीमा आएको बाढीले पुर्याएको क्षति
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पुर्याएको क्षति । बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका क्षेत्रका दुई वटा मोटरेबल पुल, चार वटा झोलुङ्गे पुल तथा बूढीगण्डकी किनारका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान, बगर, माछीखोला, यारुबगर र सोतीका दर्जनौँ घरधुरीमा क्षति पुगेको छ । तस्बिर: प्रतीक्षा आले मगर/रासस
