Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मध्यपूर्व युद्ध अन्त्यमा सघाउने पुटिनको प्रस्ताव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार | (रासस-एएफपी)

अस्गाबात (तुर्कमेनिस्तान), २३ असोज : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले शुक्रबार क्षेत्रीय शिखर सम्मेलनअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको हो ।

पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी २८ मा आक्रमण सुरु गरेयता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले रुस–इरान सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । तर, इरानले रुसलाई ड्रोन तथा क्षेप्यास्त्र उपलब्ध गराएको र रुसले अमेरिकी लक्ष्यमा आक्रमण गर्न इरानलाई सूचना दिएको आरोप दुवै देशले खेपिरहेका छन् ।

इरान र अमेरिकाबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रपति पेजेस्कियानले अमेरिकी अडान एकपक्षीय रहेको भन्दै वार्तालाई अर्थहीन बताउनुभएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः आक्रमण नगर्ने बताउँदै वासिङ्टन र तेहरानबीच फलदायी छलफल भइरहेको दाबी गर्नुभएको छ ।

पुटिन र पेजेस्कियान स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सिआइएस) शिखर सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुग्नुभएको हो । सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि स्थापना भएको सङ्गठनबाट जर्जिया र युक्रेन बाहिरिएका छन् ।

विश्लेषकहरूका अनुसार युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय रूपमा एक्लिएको रुसका लागि सिआइएस क्षेत्रीय प्रभाव देखाउने मञ्च हो । तर, सदस्य राष्ट्रहरूले चीन र पश्चिमी मुलुकसँग पनि सम्बन्ध विस्तार गरिरहेकाले रुसको अडानलाई स्वतः समर्थन नगर्ने कजाकिस्तानका अनुसन्धानकर्ता झानिबेक आरिनोभले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan