Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

    काठमाडौँ, १९ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोक्नुभएको हो ।

    अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा हुनुहुन्छ । साथै जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक (‘प्रि-कोप लिडर्स इभेन्ट’) मा सहभागी हुनका लागि परराष्ट्रमन्त्री खनाल फिजी भ्रमणमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan