पूर्व सदस्य–सचिव घिसिङद्वारा रग्बी पदक विजेता पुरस्कृत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष सेभेन्स रग्बीको कांस्य पदक विजेता आयोजक जापानलाई पदक वितरण गरे । उनी एसिया रग्बीका उपाध्यक्ष पनि हुन् । नागोयामा तीन दिनसम्म चलेको रग्बी सेभेन्स प्रतियोगिताको फाइनल खेलका क्रममा एसिया रग्बीका अध्यक्ष काइस अल धलाई विशेष अतिथिका रूपमा उपस्थित भए ।
उनीसँगै जापानी राजपरिवारकी राजकुमारी अकीको मिकासा, जापान रग्बी फुटबल युनियनका मानार्थ संरक्षक तथा अध्यक्ष मासातो सुचिदा र नागोयाका मेयर इचिरो हिरोसावा पनि फाइनल समारोहमा सहभागी भए ।
आइची÷नागोया २०२६ एसियाली खेलकुदअन्तर्गत रग्बी सेभेन्समा महिलामा जापानले चीनलाई १०–५ र पुरषमा हङकङले चीनलाई २६–० ले हराउँदै स्वर्ण जितेका थिए ।
