Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छानबिन समिति होइन, पोशाक खरिद अध्ययन उपसमिति हो’ : खुश्बु ओली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |
newsabhiyan

काठमाडौं । म्यादी प्रहरीको पोशाक खरिद विवादमा सार्वजनिक लेखा समितिले छानबिन समिति गठन गरेको भन्ने समाचारप्रति सांसद खुश्बु ओलीले प्रष्टीकरण दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विभिन्न सञ्चारमाध्यममा आएजस्तो शुक्रबार छानबिन समिति गठन नभएको स्पष्ट पारेकी हुन्।

ओलीका अनुसार सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमिति गठन गरेको हो। यसको मुख्य उद्देश्य तत्काल कसैलाई दोषी ठहर गर्नु वा छानबिनको निष्कर्षमा पुग्नु नभई उपलब्ध तथ्य र कागजातको अध्ययन गर्नु रहेको उनले बताएकी छन्।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट प्राप्त प्रतिवेदन तथा सम्बन्धित कागजात अध्ययन गरेर मात्रै यस विषयमा थप छानबिन आवश्यक छ कि छैन भन्ने निष्कर्षमा पुगिने बताइन्।

ओलीले आफ्नो धारणा स्पष्ट पार्दै भनिन्, ‘पहिले तथ्य, प्रतिवेदन र कागजातको अध्ययन हुनुपर्छ, त्यसपछि मात्रै छानबिन आवश्यक छ कि छैन भन्ने निर्णय हुनुपर्छ।’

उनको यो प्रष्टीकरणसँगै पोशाक खरिद प्रकरणमा तत्काल छानबिन सुरु भएको भन्ने चर्चामाथि नयाँ बहस सुरु भएको छ। अब अध्ययन उपसमितिको निष्कर्षपछि मात्रै खरिद प्रक्रियामाथि थप अनुसन्धान आवश्यक छ वा छैन भन्ने टुंगो लाग्नेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan