Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एआईजी बंशीराज दाहालको म्याद थप्ने तयारी, गृहमा पठाइयो पत्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |
newsabhiyan

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा पत्राचार गरेको छ। संगठनको नेतृत्व तहमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका दाहालको सेवा निरन्तरताका लागि मुख्यालयले प्रक्रिया अघि बढाएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५ को खण्ड (ग) को उपनियम (२) मा रहेको व्यवस्थाअनुसार मुख्यालयले बुधबार दाहालको पदावधि एक वर्ष थप गर्न गृह मन्त्रालयमा सिफारिससहित पत्र पठाएको हो।

नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा नायब महानिरीक्षक (डीआईजी) को पदावधि चार वर्षको हुन्छ। तर, चार वर्षको पदावधि पूरा भएपछि सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले आवश्यक ठानेमा एआईजी तथा डीआईजीको पदावधि थप एक वर्ष बढाउन सक्ने कानुनी व्यवस्था छ।

त्यही व्यवस्थालाई आधार बनाएर दाहालको पदावधि थपको प्रक्रिया अघि बढाइएको हो। अब गृह मन्त्रालय हुँदै सरकारबाट हुने निर्णयले उनको आगामी कार्यकाल तय गर्नेछ।

हाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभागमा कार्यरत एआईजी दाहालले चार वर्षे पदावधि पूरा गर्दैछन्। सरकारले म्याद थप गर्ने निर्णय गरेमा उनी आगामी २०८४ असोज २७ गतेसम्म पदमा बहाल रहनेछन्। म्याद थप नभए भने यही असोज २७ गतेबाट उनी अनिवार्य अवकाशमा जानेछन्।

सशस्त्र प्रहरीको उच्च नेतृत्व तहमा एआईजीको पदावधि थपसम्बन्धी निर्णयलाई संगठनभित्र चासोका साथ हेरिएको छ। विशेषगरी सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा संगठनात्मक व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी रहने सीमा सुरक्षा विभागको नेतृत्वमा रहेका दाहालको निरन्तरताले आगामी सुरक्षा व्यवस्थापनमा समेत प्रभाव पार्ने देखिन्छ।

अब दाहालको सेवा अवधि थप गर्ने वा नगर्ने निर्णय सरकारको हातमा पुगेको छ। मुख्यालयको सिफारिसपछि गृह मन्त्रालय र सरकारको निर्णयसँगै सशस्त्र प्रहरीको उच्च तहमा उनको आगामी भूमिकाबारेको अन्योलसमेत टुंगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan