Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार | (रासस)
newsabhiyan

कपिलवस्तु, १६ असोज : शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेकोे लु प्र ०३–००१ ख ००९९ नम्बरको बस एकापसमा ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएकोे ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालको जानकारी दिनुभयो । 

उहाँका अनुसार बसमा सवार ११ यात्रु घाइते भएका छन् । घाइते सवैको अवस्था सामान्य रहेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan