Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | रासस

 काभ्रेपलाञ्चोक, ५ असोजः काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा रु एक लाख जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ । 

नगर कार्यपालिकाको १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । 

 सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति उक्त नगरले सार्वजनिक ‘माफी’ मागेको छ । विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउँदै  स्थानीय तहमा पहिलोपटक उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।  

पाँचखाल नगरभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरले रु एक लाखबराबर रकम बैंक खातामा जम्मा गरिदिनेछ । 

 नगरप्रमुख खरेलका अनुसार जम्मा गरिएको रकम १८ वर्षसम्म झिक्न पाइने छैन । सो रकम उच्च शिक्षा, सीप विकास तथा भविष्य निर्माणमा उपयोग गर्न सकिने नियम बनाइएको छ । यदि शिशुको मृत्यु हुन गएमा उक्त रकम निजकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

“पाँचखालका दलित समुदायका बालबालिकाको हितका लागि यस्तो कार्यक्रम ल्याएका हौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरण एवं गरिबीका कारण उत्पन्न हुने चरम निराशा र सामाजिक असमानताको अन्त्य गर्ने कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan