Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘स्याहार योजना’ कार्यान्वयनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस)

काठमाडौँ, ४ असोजः विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ । 

योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बालअधिकार परिषद्ले सञ्चालनमा ल्याएको ठेचोस्थित केन्द्र विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक बालबालिकाका लागि तत्काल सुरक्षित आश्रय र आवश्यक संरक्षण सेवा उपलब्ध गराउने केन्द्रका रूपमा सञ्चालन गरिएको हो ।

केन्द्रमा बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक अवस्था पहिचान तथा परिवार वा आफन्तको खोजी लगायतका सेवा उपलब्ध गराइनेछ । बालबालिकाको सर्वोत्तम हित र सुरक्षा सुनिश्चित गर्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित पुनःमिलन गराइनेछ ।

  परिवार वा आफन्तसँग सुरक्षित पुनःमिलन सम्भव नभएको अवस्थामा मात्र, बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्याङ्कनका आधारमा प्रचलित कानुन तथा मापदण्डबमोजिम दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था अन्तिम विकल्पका रूपमा गरिने बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan