Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस/सिन्ह्वा)

मनिला, ४ असोज : दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् ।

हत्यासहित सवारी साधन चोरी (कान्यार्पिङ) को आरोप लागेका एक संदिग्धलाई पक्राउ गर्न सरकारी सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । त्यस क्रममा ती संदिग्ध र उनका सहयोगीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको अधिकारीे बताएका छन् ।

झडपमा छ जना सशस्त्र व्यक्ति मारिएको र घटनास्थलबाट पाँच थान राइफल बरामद गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

घटनापछि सुरक्षा जोखिमका कारण करिब ३५० स्थानीय बासिन्दा अस्थायी रूपमा आफ्नो बस्तीबाट विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan