Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

धादिङ, ११ भदौः त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, अनावश्यक मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरिएको छ ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा आज धादिङबेँसी बजार क्षेत्रमा अनुगमन गरिएको हो ।

सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउन सक्ने आशङ्कासँगै अनावश्यक सञ्चय र मूल्यवृद्धि हुन नदिन अनुगमनलाई सक्रिय बनाइएको हो ।

अनुगमन समितिले व्यवसायीलाई प्रचलित मूल्यभन्दा बढीमा सामान बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्तालाई सहज रूपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी खाद्यान्न, ग्यास तथा अन्य दैनिक उपभोग्य वस्तु खरिद गरेर भण्डारण नगर्न अनुरोध गरेको छ ।

सबै उपभोक्ताले एकैपटक बढी परिमाणमा सामान खरिद गर्दा बजारमा वास्तविक अभाव नभए पनि आपूर्तिमा दबाब पर्न सक्ने भएकाले आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरिदत्त कँडेलले बताउनुभयो ।

फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्गबाट धादिङबेँसीतर्फ हुने नियमित यातायात तथा मालवाहक सवारी आवागमन प्रभावित भएको छ ।

सडक सम्पर्क सहज नहुँदासम्म बजारमा अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य र मौज्दातको अवस्थामाथि निगरानी आवश्यक देखिएको उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष शिवराज सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan