Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

काठमाडौँ, ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना,  धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा  पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ ।

गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका,  चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ ।

त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ । नवलपरासी पूर्वमा ६ महिला, १५  पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan