Thursday 27th of August | २०८३ भदौ ११ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आफन्तको खबर पाउन परिवारजन आतुर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

महोत्तरी, ११ भदौः भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन आतुर भएका छन् ।

रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र काम विशेषले त्यसतर्फ गएका हालसम्म ११ व्यक्ति आफन्तको खबर पाउन आतुर भएका हुन् ।  
    
बेपत्ताको यकीन भएपछि परिवारलाई सूचना दिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

“अहिलेसम्म ११ व्यक्ति सम्पर्कविहीन छन्, सबैको अवस्था यकीन गर्न निरन्तर प्रयत्न भइरहेको छ”, प्रजिअ यादवले भन्नुभयो, “यसबाहेक जिल्लाका अरु कोही सम्पर्कविहीनको सूचना अहिलेसम्म छैन ।”

सम्पर्कविहीन भएकामा बर्दिवास–३ का सौभाग्य विष्ट, बर्दिवास–९ की जया रानामगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टी–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली छन् ।

उहाँहरु रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan