Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुद : शारीरिक सुगठनमा गण्डकीलाई चार स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |

कर्णाली, १२ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक प्राप्त गरेको छ ।
  
पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न उक्त खेलमा गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक प्राप्त गरेको प्रशिक्षक राजेन्द्ररत्न तुलाधरले जानकारी दिनुभयो । तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदकसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको प्रशिक्षक तुलाधरले बताउनुभयो । 

त्यसैगरी, तीन स्वर्ण, एक रजत गरी एपीएफ चौथो, दुई स्वर्ण छ रजत र तीन कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच पदकसहित नेपाल पुलिस छैटौँ भएको छ ।

त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश र एनआरएन भने पदकविहीन बनेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan