Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

कञ्चनपुर, ८ मङ्सिर : राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ । 

सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टिमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सको द मर्ज कन्फ्लिक्ट टिम दोस्रो भएको छ । उक्त टिमले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ । 

त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयको पिक्सेल स्क्वाड टिम तेस्रो हुँदै रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट महिला नेतृत्व टिमको पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङको टिमले प्राप्त गरेको छ ।

उक्त टिमलाई नगद १० हजार प्रदान गरिएको आयोजक स्कुल अफ इन्जिनियरिङअन्तर्गत इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबका सल्लाहकार दिलीप पन्तले जानकारी दिनुभयो ।

 उहाँका अनुसार उत्कृष्ट प्रस्तुती विधामा लुम्बिनी इन्जिनियरिङ कलेज र उत्कृष्ट क्षेत्रीय प्रभाव विधामा सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ टिमले पुरस्कार हात पारेको छ ।

 सुदूरपश्चिम विश्वविद्यालयको इन्नोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका १० वटा टिमबीच प्रतिस्पर्धा भएको थियो ।   

 सहभागीहरु टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमूना तयार गरी निर्णायक समक्ष प्रस्तुती गरेका थिए ।

“टिमले मूल्याङ्कन समक्ष प्रस्तुती दिएपछि उत्कृष्टलाई छनौट गरेर पुरस्कार प्रदान गरिएको हो ।”

सल्लाहकार पन्तले भन्नुभयो, “यो कार्यक्रम क्लबले हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।” प्रतियोगितामा १० वटा टिमलाई छनौट गरी प्रतिस्पर्धा गराइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan