Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुनियर चेसमा आयान र नायुमा च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

काठमाडौं, हिमालय चेस एकेडेमीले आयोजना गरेको हिमालयन जुनियर चेस च्याम्पियनशिपमा आज निसर्ग बाटिका स्कुलका आयान जोशी र शिखर स्कुलकी नायुमा मगर च्याम्पियन भएका छन् ।

उनिहरु आज सम्पन्न भएको यु–१४ समूहको क्रमशः छात्र तथा छात्रा विधामा प्रथम भएका हुन् । एकेडेमीले अश्विन २५ गतेदेखि यु–६ तथा यु–८ विधाबाट सुरु गरेको प्रतियोगितामा आज उमेर समूहको अन्तिम विधा यु–१४ सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्रतर्फ निसर्ग बाटिका स्कुलमै अध्ययनरत सात्वीक मान तुलाधर ४.५ अंकका साथ दोस्रो हुन सफल भए । आयानसँग समान अंक भए तापनि तुलाधर बुकोल्ज ट्राइब्रेकरका कारण दोस्रो हुन बाध्य भए ।

यसै गरि ३.५ अंक प्राप्त गर्दै संस्कृति इन्टरनेशनल स्कुलका संभव थुलुङ्ग तेस्रो भए ।

त्यसैगरि २.५ अंकका साथ मार्भलस स्कुलकि सुहानी सिंह दोस्र्रो हुँदा काष्ठमण्डप स्कुलकी छात्रा सहस्रा क्षत्री तेस्रो भइन ।

हिमालयन जुनियर चेस च्याम्पियनसिपको ग्रान्ड फिनाले यहि मङ्सिर १३ गते सञ्चालन हुनेछ जसमा विभिन्न उमेर समूहमा उत्कृष्ट ३ हासिल गर्ने खेलाडीहरुले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan