एन आई सी एशिया बैंकद्वारा बाजुरास्थित श्री जनता माध्यमिक विद्यालयलाई विशेष सहयोग प्रदान
काठमाडौं, ८ मंसिर । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हिमाली गाउँपालिका–०७, बाँधु, बाजुरास्थित श्री जनता माध्यमिक विद्यालयमा पठनपाठनलाई सघाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न अझ सहज होस् भन्ने उद्देश्यले विशेष सहयोग प्रदान गरेको छ ।
दुर्गम क्षेत्रमा रहेको १२७ भन्दा धेरै विद्यार्थीहरु अध्ययरत उक्त विद्यालयमा मंसिर ४ गते आयोजित एक विशेष कार्यक्रमका बीच यस बैंकका बाजुरा शाखाका शाखा प्रमुख राम बहादुर बुढाले उक्त विद्यालयका प्रधानाध्यापक मोहन जंग शाहीलाई विद्यार्थीहरुका लागि विद्यालय पोशाक हस्तान्तरण गर्नुभयो ।
बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
