Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकाबाट २५ जना आप्रवासीलाई लाइबेरिया पठाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस-एएफपी)

मनरोभिया, ६ मङ्सिर  : अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन् ।

लाइबेरियाको स्वदेश फिर्ती, पुनर्वास तथा पुनःएकीकरण आयोगका प्रतिनिधिका अनुसार उनीहरू शुक्रबार स्थानीय समयअनुसार राति ९ः३५ बजे लाइबेरिया पुगेका हुन्। निष्कासित हुनेमा दुई महिलासमेत रहेका छन् ।

समूहका अधिकांश व्यक्ति दक्षिण अमेरिकी मुलुकका नागरिक रहेको आयोगका प्रतिनिधिले एएफपीलाई जानकारी दिएका छन् । यद्यपि उनीहरूको राष्ट्रियताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रणसम्बन्धी नीतिअन्तर्गत पछिल्लो चार महिनायता लाइबेरियामा निष्कासित आप्रवासीहरू आइरहेका छन् ।

लाइबेरियाले एक वर्षको अवधिमा एक हजार २०० जनासम्म विदेशी नागरिकलाई आश्रय दिने घोषणा गरिसकेको छ ।

अमेरिकाबाट निष्कासित व्यक्तिहरूलाई स्वीकार गर्ने अफ्रिकी मुलुकहरूको सूचीमा लाइबेरियासँगै सियरा लियोन, इक्वेटोरियल गिनी, घाना, रुवान्डा, दक्षिण सुडान, क्यामरुन, इस्वाटिनी र प्रजातान्त्रिक गणतन्त्र कङ्गो रहेका छन् ।

यी सहमतिमा अमेरिकाले आर्थिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराएको बताइएको छ ।

लाइबेरिया सरकारले भने निष्कासित व्यक्तिहरूलाई स्वीकार गर्ने सहमतिबापत कुनै क्षतिपूर्ति वा पुरस्कारको आश्वासन नमागेको र प्राप्त नगरेको बताउँदै आएको छ ।

यद्यपि, द न्युयोर्क टाइम्स ले सार्वजनिक कागजातलाई उद्धृत गर्दै लाइबेरियाले आप्रवासीहरूलाई स्वीकार गर्ने विषयमा विचार गर्न सहमति जनाएपछि अमेरिकी विदेश मन्त्रालयको स्वीकृतिमा पाँच मिलियन अमेरिकी डलर उपलब्ध गराइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan