Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |

कास्की, २ मङ्सिरः आगामी बुधबारदेखि पोखरामा आयोजना हुने ‘प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ तयारी प्रायः पूरा भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले राससलाई जानकारी दिनुभयो ।

    प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्ने जानकारी दिँदै उहाँले विजयी टोलीले रु चार लाख नगद पुरस्कार पाउने बताउनुभयो ।

त्यसैगरी, उपविजेतालाई रु दुई लाख ५० हजार, तेस्रो हुनेलाई रु एक लाख र सान्त्वना पुरस्कार रु ५० हजार प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु २० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि जनही रु १० हजार प्रदान गरिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan