Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तरी नाइजेरियामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच झडप, ५० भन्दा बढीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस/एएफपी)

नाइजेरियाको उत्तरपश्चिमी राज्य जामफारामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच भएको झडपमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय बासिन्दाहरूले शनिबार एएफपीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४४ जना सशस्त्र समूहका सदस्य र नौ जना स्थानीय सुरक्षा दस्ताका सदस्य रहेका छन् ।

    स्थानीय स्रोतहरूका अनुसार, छिमेकी गुम्मी जिल्लाबाट केही व्यक्तिलाई अपहरण गरी गाउँ हुँदै गइरहेका डाँकाहरूलाई बुक्कुयुम जिल्लाको जोमा गाउँका स्थानीय सुरक्षा दस्ताले बिहीबार बाटो ढुकेर आक्रमण गरेका थिए ।

    गाउँका एक प्रमुखले आफ्नो परिचय गोप्य राख्ने सर्तमा भने, “हाम्रा सुरक्षा दस्ताले ४४ जना डाँकाहरूलाई मारेका छन् । यस भिडन्तमा हाम्रा नौ जना सुरक्षा दस्ताका सदस्यले पनि ज्यान गुमाएका छन् ।”

    व्यक्तिगत सुरक्षाको कारण देखाउँदै ती प्रमुखले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । अन्य दुई स्थानीय बासिन्दाले पनि घटनाको पुष्टि गर्दै झडपमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको बताएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan