Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार | (रासस)

जनकपुरधाम, २८ कात्तिकः सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।

    सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । भवन प्राप्त भएसँगै स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको विश्वविद्यालयले आफ्नै शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्ने पूर्वाधार पाएको छ ।

    विश्वविद्यालय र निधि भवन दुवैको स्थापनामा भूमिका निर्वाह गर्नुभएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार भवनको अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले भवन हस्तान्तरणबाट विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खुसी प्रकट गर्नुभयो ।

    उहाँले दुवै संस्थालाई एउटै छातामुनि राख्ने आफ्नो चाहना पूरा भएको उल्लेख गर्दै सङ्घीय सरकारको निर्णयप्रति आभार व्यक्त गर्नुभयो ।

    विश्वविद्यालयले भवनलाई शैक्षिक तथा प्रशासनिक गतिविधिका साथै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्ण्द्धनमा उपयोग गर्ने जनाएको छ । चालु वर्ष भवनमा तीनवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको छ ।

    अत्याधुनिक सभाहल र दुईतले प्रशासनिक भवनलगायतका संरचना रहेको निधि भवन विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा उपयोग हुने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan