Friday 13th of November | २०८३ कार्तिक २७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २६ बिहीबार |

काठमाडौँ, २६ कात्तिकः एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन् ।

थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ)ले आज त्यसतर्फ जानलागेका खेलाडीलाई  विदाई गरेको छ । 

यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गर्नुभएको हो । 

उहाँले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गर्नुभयो ।

नेपालको तर्फबाट दुई खेलाडीले भाग लिदैछन् । अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल हुनुहुन्छ । नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तरराष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनुहुनेछ ।

बिदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबी अन्तरराष्ट्रिय निर्णायक केशव नागा, अन्तरराष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दिपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan