Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार | (रासस)

वीरगन्ज (पर्सा), २५ कात्तिकः धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ ।     छठ पूजाको अवसरमा वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ‘श्री श्रीजङ्ग गण’ले यस वर्ष पनि ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण गर्ने भएको हो ।

    लोकआस्थाको महापर्व छठको मुख्य दिन यही कात्तिक २९ गते आइतबार साँझ वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको विशेष टोलीले विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको श्रीजङ्ग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पहिलेदेखि नेपाली सेनाले दसैँको सप्तमीका दिन नवदुर्गा भवानीलाई सलामी अर्पण गर्दै आए पनि गत वर्षदेखि छठ पूजामा वीरगन्जमा छठीमाई र सूर्य भगवान्लाई समेत सेनाले सलामी अर्पण गर्दै आएको छ, जुन यसपटक पनि निरन्तर हुन्छ ।”

    प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको परेड तथा मार्च गर्दै घडिअर्वा छठघाट पुगर निर्धारित मार्गको परिक्रमा गर्दै छठघाट परिसरमा रहेको सूर्य भगवान्को मन्दिरमा पुगेपछि सेनाको टोलीले छठीमाई र सूर्य भगवान्लाई सैनिक विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम तय भएको छ ।

    छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन लागिएको प्रमुख सेनानी कार्कीले बताउनुभयो । छठपर्वको इतिहासमा सम्भवतः गत वर्ष पहिलोपटक नेपाली सेनाले छठीमाई र सूर्य भगवान्लाई सलामी अर्पण गर्ने परम्पराको सुरुआत गरेको हो । पछिल्लो समय छठपर्वप्रतिको आस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan