दक्षिण कोरियाद्वारा रूससँगको संयुक्त सैन्य अभ्यासको आलोचना अस्वीकार
सियोल, १९ कात्तिक : दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा रूसी आलोचना अस्वीकार गर्दै यो अभ्यास रक्षात्मक प्रकृतिको रहेको र कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्यका साथ अघि बढेकको बताएको छ ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले रूसको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरिया–अमेरिका अभ्यास उत्तर कोरियाविरुद्ध आणविक हतियारसहित पूर्वनियोजित आक्रमणको अभ्यास गर्न आयोजना गरिएको र सियोललाई प्योङयाङको सार्वभौम अधिकारको सम्मान गर्न आफ्नो सुरक्षा सुनिश्चित गर्न आग्रह गरेपछि उक्त बयान जारी गरेको बताउनुभएको छ ।
दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यासहरू रक्षात्मक प्रकृतिका छन् भने उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र खतराहरूको जवाफमा बलियो संयुक्त रक्षा प्रणली कायम राख्नका लागि वार्षिक रूपमा सञ्चालन गर्दै आएको योन्हाप समाचार एजेन्सीले दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उदृत गर्दे जनाएको छ ।
उनीहरूले कोरियाली प्रायद्वीपमा मात्र नभई उत्तरपूर्वी एसियामा पनि शान्ति र स्थिरतामा योगदान पुर्याउने यसले उल्लेख गरेको छ ।
दक्षिण कोरिया र वासिङ्टनले वर्षभरि संयुक्त सैन्य सञ्चालन गर्ने गरेका सैन्य अभ्यासहरूमा नियमित रूपमा ठुला–ठुला अभ्यासहरू र क्षेत्रीय प्रशिक्षण अभ्यासहरू समावेश हुने गरेको जनाइएको छ ।


