Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |

काठमाडौं, १९ कात्तिक : बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका-६ बस्ने ४०वर्षीयसुबिन बैदार र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरूङ बस्नेत रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२गतेको फैसलाले  बैंकिङ कसुर मुद्दामा १ करिड ५१ लाख जरिवाना र१ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुबिनलाई काभ्रे बनेपा नगरपालिका-७ बनेपाबाट बुधबार पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका-१ रानीवनबाट मंगलबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये सुबिनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने दुर्गालाईआवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्तकालिमाटीपठाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan