आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
काठमाडौं, १८ कात्तिक : काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेबस्थान मन्दिर नजिक धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भएका ४६ वर्षीय भक्त बहादुर रेग्मीले संचालन गरेको मासु पसलमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, मनराशिसवा नगरपालिका-६ सरपल्लो बस्ने रामकृपाल महतोको घरमा मंगलबार राति आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

