Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार |

काठमाडौँ, १६ कात्तिकः चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । 

उक्त घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण, हिउँपहिरो, हावाहुरी, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो, विस्फोटन, असिना र भूकम्पलगायतका विपद्का घटना भएका हुन् ।

 प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार उक्त अवधिमा पहिरोबाट एक हजार ७३५, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हावाहुरीका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना भएका छन् ।

त्यसैगरी, वन डढेलोका १९२, लेक लाग्नेका ७९, हिउँपहिरोका छ, भूकम्पका नौ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई, विस्फोटनको एक र अन्य पाँच घटना भएका छन् ।

 विपद्का घटनामा परी सर्पदंशबाट ११६, पहिरोबाट ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७, जनावरको आक्रमणबाट २३, हिउँपहिरोबाट १९, हावाहुरीबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलोबाट एक, विस्फोटनबाट एक र अन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

विपद्का घटनामा परी हालसम्म दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

 भदौ १० गतेको रसुवाको भोटेकोशीको बाढीको बिस्तृत क्षति विवरण प्रणालीमा समाविष्ट गर्न बाँकी रहेकाले यो तथ्याङ्कमा उल्लेख नगरिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan