Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार | अबुजा, १४ कात्तिक (रासस/सिन्ह्वा):

नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईवटा आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध लडाकु मारिएको जनाएको छ ।

    उत्तरपूर्वी क्षेत्रमा सञ्चालित ‘अपरेसन हादिन काई’ का संयुक्त कार्यदलका प्रवक्ता मोहम्मद गोनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार राति र शुक्रबार बिहान बोर्नो राज्यको ग्वाजा स्थानीय सरकारी क्षेत्रअन्तर्गत बिट्टा तथा योबे राज्यको बुनी यादीस्थित सैन्य अखडामा आक्रमण भएको थियो । सेनाले दुवै आक्रमण विफल पारेको जनाएको छ ।

    गोनीका अनुसार बोर्नोको बिट्टामा बिहीबार राति भएको आक्रमणलाई सेनाले हवाई सहयोगसहितको जवाफी कारबाहीमार्फत विफल पारेको थियो ।

    त्यस्तै, योबे राज्यको बुनी यादीमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गर्ने लडाकुविरुद्ध सेनाले जवाफी कारबाही गरेको थियो ।

    कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको गोनीले बताउनुभयो । सेनाले लडाकुबाट ५२ थान हतियारसमेत बरामद गरेको जनाएको छ ।

    नाइजेरियाली सेनाले सशस्त्र समूहहरूको गतिविधि र परिचालन क्षमता कमजोर पार्न तथा उनीहरूको सदस्य भर्ती, प्रचारप्रसार र आक्रमणको समन्वय गर्ने क्षमतामा अङ्कुश लगाउन सुरक्षा कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

    आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । यसले बोको हरामसँगै उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan