Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | रासस

काठमाडौँ, १३ कात्तिकः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गर्नुभएको छ ।

अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले आज पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गर्नुभएको हो । अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । 

अध्यक्ष लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एकदिने अभियानका रूपमा मात्र नलिई जीवनभर आत्मसात् गर्नुपर्ने सामाजिक तथा मानवीय जिम्मेवारीका रूपमा लिन आग्रह गर्नुभयो । मानवीय सेवाको भावना आत्मसात् गर्दै रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

रक्तदान कार्यक्रममा राप्रपाका सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत पार्टीका कार्यकर्ता सहभागी भई रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan