पार्टी स्वशासनसम्बन्धी प्रस्तावमा सीको निर्णायक भूमिका
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी जिनपिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा तयार पारिएको महत्त्वपूर्ण प्रस्तावको मस्यौदामा निर्णायक भूमिका निर्वाह गर्नुभएको छ ।
सिपिसी केन्द्रीय समितिको नीति अनुसन्धान कार्यालयका प्रमुख ताङ फाङयुले उक्त प्रस्ताव पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
अक्टोबर २६ देखि २९ सम्म बेइजिङमा सम्पन्न पूर्ण अधिवेशनका निर्णयबारे आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रस्तावको मस्यौदा पार्टी केन्द्रीय समितिको नेतृत्वमा तयार पारिएको जानकारी दिनुभयो । सीले मस्यौदा समितिको नेतृत्व गर्दै दस्तावेजको योजना निर्माण, तयारी प्रक्रियाको निर्देशन र समग्र दृष्टिकोण निर्धारणमा व्यक्तिगत रूपमा भूमिका खेल्नुभएको ताङले बताउनुभयो ।
उहाँका अनुसार प्रस्तावले पार्टीभित्र पूर्ण र कठोर स्वशासन कायम गर्न आवश्यक दृढता, तात्कालिकता र समग्र प्राथमिकता स्पष्ट पारेको छ । यसमा सम्बन्धित काम अघि बढाउन सातवटा खण्डमा विस्तृत कार्ययोजना पनि समेटिएका छन् ।
प्रस्तावमा पार्टी तथा राज्यको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने र पार्टीभित्र पूर्ण तथा कठोर स्वशासन लागू गर्ने राजनीतिक जिम्मेवारी सुनिश्चित गर्ने विषयसमेत समावेश गरिएको ताङले बताउनुभयो ।

