लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
गण्डकी, १२ कात्तिकः कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी पर्नुभएकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ ।
पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ भएपछि उहाँलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
पुनको अहिले उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम खालको रहेको उहाँले बताउनुभयो । कोरीलगायत यस क्षेत्रका उच्च पहाडी भेगमा पदयात्राका लागि जाने पर्यटकमा लेक लाग्ने समस्या देखिने गरेको छ ।

