Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरीद्वारा स्थानीयस्तरमा सचेतनामूलक अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस)

काभ्रेपलाञ्चोक, १२ कात्तिकः जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका विभिन्न प्रहरी कार्यालय एवं एकाइद्वारा स्थानीयस्तरमा सचेनामूलक अभियान सञ्चालन गरिएको छ । 

    ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध नियन्त्रण, आत्महत्या रोकथाम, चोरी नियन्त्रण, मानव बेचबिखनविरुद्ध सचेतना तथा साइबर अपराधसम्बन्धी विषयमा कार्यक्रम सञ्चालन गरिएको हो ।  

    प्रहरीचौकी कटुन्जेबेँसी र भकुण्डेबँेसीले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना, प्रहरीचौकी चौवास र खहरेपाँगुले लागुऔषधसम्बन्धी, प्रहरीचौकी पचुवारघाटले आत्महत्यासम्बन्धी तथा प्रहरीचौकी फोक्सिङटार, हिँगुवापाटी र अस्थायी प्रहरी पोस्ट अट्टेडाँडाले चोरीसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका हुन् ।

    यस्तै अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङले मानव बेचबिखनसम्बन्धी तथा प्रहरीचौकी रोशी भूमिडाँडाले साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । 

    कानपुर प्रहरीचौकीद्वारा घरेलु हिंसा न्यूनीकरण, प्रहरीचौकी कुशादेवीले चोरी न्यूनीकरण, प्रहरीचौकी ढुङ्खर्कद्वारा सामाजिक कुरीतिविरुद्ध, प्रहरीचौकी तालढुङ्गाले आत्महत्या न्यूनीकरण तथा तेमाल, दोलालघाट, फलाँटे प्रहरीचौकीद्वारा सोही प्रकृतिका कार्यक्रम सञ्चालन गरेको कार्यालयले जनाएको छ । 

    समुदायमा हुनसक्ने विभिन्न अपराध तथा जोखिमबारे नागरिकलाई सचेत गराउने, सम्भावित घटनाको न्यूनीकरण गर्ने र प्रहरी तथा नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

    मातहतका प्रहरी कार्यालय एवं एकाइहरुले तालिका मिलाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन कार्कीले बताउनुभयो । 

    “यस्ता सचेनतामूलक अभियान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रदान गरेको पाएका छौँ, अपराधजन्य घटना न्यूनीकरण गर्न निकै मद्दत पुगेको छ”, उहाँले भन्नुभयो । 

    दसैँअघि इलाका प्रहरी कर्यालय बनेपा तथा कटुन्जे प्रहरीचौकीद्वारा जुवातास, श्यामपाटी प्रहरी चौकीले लागुऔषध, प्रहरीचौकी खोपासीद्वारा जबर्जस्ती करणी, प्रहरीचौकी पाँचखालले सवारी दुर्घटना न्यूनीकरण र प्रहरीचौकी साँगाले साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan