तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस
म्याग्दी, १२ कात्तिकः
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक सिंगा–तातोपानी कुण्डमा स्नान गर्नेहरुको घुइँचो । म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर चोट पटक लागेको, ढाड दुख्ने, ग्यास्ट्रिक र चिसोका कारण हुने स्वास्थ्य समस्या भएका बिरामीहरुको घुइँचो लागेको छ । तस्बिरः सन्तोष गौतम

