Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | रासस

 काठमाडौँ, ११ कात्तिकः तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्र्गत  आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका  छ ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । 

कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन । 

यस सिजनको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan