Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः चितवनविरुद्ध विराटनगर फिल्डिङमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौँ, १० कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ । 

    यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो ।

    जारी सिजनमा विराटनगर र चितवनको यो पहिलो खेल हो । आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने तालिका छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । तेस्रो संस्करणको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस) को व्यवस्था गरिएको छ ।

    यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरस्कार राशि पनि वृद्धि गरेको छ ।

    यसपालि उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई रु ८० लाख प्रदान गरिने क्यानले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan