इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |
इलाम, ९ कात्तिकः आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

