Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोदो खेती घट्दो, पिठोको माग उच्च

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

जुम्ला, ९ कात्तिकः पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

    कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपोन्मुख बनेको कोदो खेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको तिला–१ राराका अगुवा किसान नर रावतको भनाइ छ ।

    यहाँका गाउँघरमा कोदो खेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदे बालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् । विशेषगरी यहाँको तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती उत्पादन बढी हुने गरेको छ । पछिल्लो समयमा खेती गर्नेको सङ्ख्या घट्दै गएको तिला –५ का वडाध्यक्ष ललित शाहीले बताउनुभयो ।

    हाल कोदोको पिठो प्रतिकेजी २०० ले बिक्री हुने गरेको छ । विशेषगरी आन्तरिक पर्यटनको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी अर्जुन बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ ।

    परम्परागत रूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन । दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा कोदोको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको यहाँका स्थानीय  व्यापारी बताउँछन् ।

    कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो । हाल यहाँका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan