Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार |

कर्णाली, ८ कात्तिक : कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताउनुभयो । 

उहाँका अनुसार सल्यानमा २२२ सवारी साधन कारबाही हुँदा रु दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट रु ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट रु ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट रु ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट रु १७/१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट रु १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा रु दुई हजार राजस्व सङ्कलन भएको छ ।

मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan