दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान
भक्तपुर : दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा ९ ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको रामेछाप नगरपालिका-५ स्थित सिम्लेटोल घर भएका हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका-३ स्थित घिमिरेचोकमा बस्नु भएको एक जोडी राजेश रनपहेली र रेखा बस्नेतलाई दुई हजारसहित सम्मान-पत्र सम्मान तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा लालकृष्ण श्रेष्ठ र भवमाया श्रेष्ठका छोरा साइलो झनक श्रेष्ठद्वारा राजेश रनपहेली र रेखा बस्नेतलाई सम्मान गर्नुभएको थियोे । राजेश रनपहेलीको छोराहरू जेठा छोरा राज रनपहेली, कान्छो छोरा लक्की रनपहेली र भाइ किरण रनपहेली उता श्रेष्ठको नातिनी जेबिका श्रेष्ठ पनि सहभागी हुनुभएको थियो ।

