Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |
newsabhiyan

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गत बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत गरी सञ्चालनमा ल्याएको हो।

बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने सातवटा पुलमा सामान्य क्षति भएको थियो। क्षतिग्रस्त सबै १८ वटा पुलको मर्मत कार्य सम्पन्न भएसँगै ती पुलहरू पुनः सञ्चालनमा आएका हुन्।

पुलहरू सञ्चालनमा आएपछि बाढीबाट प्रभावित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नागरिकलाई आवतजावत गर्न सहज भएको छ। विशेषगरी नदी वारपार गर्न झोलुङ्गे पुलमा निर्भर स्थानीय बासिन्दालाई यसबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना हुँदै जाँदा प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र स्थानीयको दैनिक आवतजावत सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan