Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाड पदक विजेता तेन्जिङलाई तार्केश्वरको सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

तार्केश्वर : तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

जापानको आइची–नागोयामा भएको २० औं एसियाली खेलकुदको करातेतर्फ पुरुष ८४ केजीमुनि तेन्जिङले कांस्य जितेका थिए ।

२० औं एसियाडको करातेमा नेपालका लागि तेन्जिङले मात्र पदक जिते । तेन्जिङको पदक २० औं एसियाडमा नेपालले जितेको पहिलो पदक पनि हो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए ।

समग्र एसियाडको करातेमा नेपाललाई पदक दिलाउने तेन्जिङ पाँचौ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले १ रजत र ३ कांस्य जितेको थियो ।

१९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।

२० औं एसियाडमा नेपालले करातेमा सहित २ कांस्य जितेको थियो । अर्को कांस्य महिला कबड्डी टोलीले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan