Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साइरालाई दोहोरो स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |

एभीएम टेबलटेनिस क्लबकी साइरा शाक्यले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा मंगलबार दोहोरो स्वर्ण जितेकी छन् । साइराले यु–१३ र यु–१७ गल्र्स सिंगल्समा स्वर्ण जितेकी हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१३ मा एभीएमकी काभ्या शाक्य दोश्रो तथा एभीएमकी अर्सना महर्जन र स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबकी प्राज्ना महर्जन तेश्रो  भए । यु–१७ मा यल स्पोर्ट्स एकेडेमीकी पमेला जोशी दोश्रो तथा स्ट्यागका सुम्य शाक्य र प्राज्ना महर्जन तेश्रो बने ।

नेपाल टेबलटेनिस प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको यु–१३ ब्वाइजमा यलका रिभान वज्राचार्य प्रथम, एभीएमका स्वर्णिम शाक्य द्वितीय तथा बनेपाका मिराज तामाङ र स्ट्यागका कृतन श्रेष्ठ तृतीय स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan